
नेपाल मगर संघद्वारा आयोजित भब्य माघे संक्रान्तिको शुभकामना कार्यक्रममा माननीय मन्त्रि मगरको यो मन्तब्य
काठमाडौँ — मुलुकका विभिन्न भागमा स्थायी घर भई काठमाडौंमा बसोबास गर्दै आएका मगर समुदायले आफ्नो राष्ट्रिय महान् चाड माघे सङ्क्रान्ति भव्यरुपमा मनाएका छन् । नेपाल मगर सङ्घद्वारा माघे सङ्क्रान्तिका उपलक्ष्यमा मंगलबार टुँडिखेलमा आयोजित शुभकामना आदान–प्रदान तथा सांस्कृतिक कार्यक्रममा ठूलो सङ्ख्यामा मगर समुदायको सहभागिता रह्यो । मगर समुदायले आफ्ना छोरी–चेलीको पूजा गरी यथाशक्य दक्षिणाका साथ आशीर्वाद दिने चाडका रुपमा माघे सङ्क्रान्ति रहिआएको छ ।
कार्यक्रममा छोरी–चेलीको पूजाका साथै उक्त समुदायको प्रसिद्ध नृत्य हुर्रा, कौरा, मारुनी, भ्याउरे, टप्पा र सालैज्यू नृत्यसहितको गीत–सङ्गीत प्रस्तुत गरिएको थियो । भाङग्रा र घलेक पहिरिएका युवायुवतीका विभिन्न समूहले नाचगान गरेर हर्षका साथ माघे सङ्क्रान्ति मनाएका थिए । सो अवसरमा मगर मुदायको प्रसिद्ध खेल धनुषबाण पनि खेलिएको थियो । उक्त समुदायले माघ महीनामा तरुल, सकरखण्ड, गिठ्ठा, भ्याकुर, खिचडीलगायत परिकार खाने गर्दछन् । सो अवसरमा सरकारका मन्त्रीहरुले नेपालको एकीकरण र मुलुकमा राजनीतिक परिवर्तनका लागि भएका जनआन्दोलनमा जस्तै विकास र समृद्धिको अभियानमा सहयोग पुर्याउन मगर समुदायलाई आह्वान गरे ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले संस्कृति, बहुलता र विविधता एकता तथा सद्भावको आधार बनाएर विकास र समृद्धिका लागि अघि बढ्नु आजको आवश्यकता रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाल भौगोलिक, जातीय र संस्कृति विविधताको सङ्गमस्थल हो, यो हाम्रो ठूलो सम्पत्ति, यसको संरक्षण गर्नु हामी सबैको कर्तव्य हो ।” महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले माघे सङ्क्रान्ति मगर समुदायको मात्र नभई सबै नेपालीको सांस्कृतिक पर्वका रुपमा नेपालभर मनाइने गरिएको बताउनुभयो । खानेपानीमन्त्री विना मगरले छोरी–चेली पुजिने माघे सङ्क्रान्ति पर्व भनाइ रहँदा हाम्रै मुलुकका छोरी–चेली असुरक्षित हुने परिस्थितिको अन्त्य गर्नुपर्नेमा जोड दिए ।
Please like, comment, share and subscribe our channel: DK Media
DK Media YouTube channel is yours. Here, we are flooring audience voice for justice with the videos talk, interview which are genuine, proper, thoughtful as well as entertaining. The objectives of this channel are to raise the consciousness as well as promote the issues of changes, social justice and unification for gaining identity of Nepalese community. It's also emphasizes on bringing, flooring and empowering to save multi-cultural heritages (nationalities) of Indigenous people of Nepal.
We are the strong voice for build social justice...
many more cartoon, ideas, help, keywords, reviews, tutorials, funny videos, and videos related to sports and fitness.
We publishing music videos, audio & video program production, designing, printing, web designing etc.
Any unauthorized downloading and duplicating on YouTube channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
https://www.pinterest.com/khumbuonline/
https://www.tumblr.com/dashboard
https://www.linkedin.com/feed/
https://aboutme.google.com/u/0/?refer...
DUDHKOSHI MEDIA PVT. LTD.
DK MEDIA
माननीय मन्त्रि ज्युको शुभकामना मन्तब्य newspaper mockup | |
3 Likes | 3 Dislikes |
55 views views | 44.5K followers |
Entertainment | Upload TimePublished on 20 Jan 2019 |
Không có nhận xét nào:
Đăng nhận xét